परिचय

ऐतिहासिक पृष्ठभूमी 
1990 सालमा डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत हाल रोप–वे टर्मिनल रहेको टेकू स्थित पाटिमा कलेरा अस्पतालको स्थापना भएको । 2007 सालमा हाल अस्पताल रहेको स्थानमा पुरानो पाटी बाट नयाँ भवनमा सरेको । 2019 सालमा सरुवा रोग यूनिट नामाकरण गरि वीर अस्पताल अन्तर्गत रहेको र त्यसै वर्ष अस्पतालको रिनोभेशन पनि भएको । 2034 सालमा सरुवा रोग अस्पताल नामाकरण भई वीर अस्पतालबाट छुट्याई बेग्लै अस्पतालको रुपमा संचालन भएको । 2037 सालमा यस अस्पताल अन्तर्गत ग्याष्ट्रो इन्टरलोजी यूनिट संचालन गरेको ।  2042 साल देखि सरुवा रोग अस्पतालको नामबाट टेकू अस्पतालमा परिणत भएको । 2050 श्रावण 1 गते पुनः सरुवा रोग अस्पताल नामाकरण गरि केन्द्रिय कुष्ठरोग क्लिनिक तथा एन्टीरेविज क्लिनिक यस अस्पतालमा समावेश भएको । टेकु अस्पताल विकास समिति गठन 2049 अनुसार 2053 साल जेष्ठ 29 गते देखि टेकु अस्पताल विकास समितिमा परिणत भएको । 2053 साल माघ 11 गते देखि टेकु अस्पतालको नाम रुपान्तर भै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिणत भएको । 2054 मार्ग 30 गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार केन्द्रिय कुष्ठरोग क्लिनिक शुक्रराज ट्रपिकल तथा सरुवा  रोग अस्पतालबाट छुट्याई कुष्ठरोग नियन्त्रण महाशाखामा राखिएको  थियो । हाल यस अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने गरी 100 शैय्याको ट्रपिकल तथा सरुवा रोगहरुको रिफरल अस्पतालको रुपमा संचालनमा रहेको छ ।

ताजा जानकारी

१२ जेठ
२०८०

बोलपत्रको लागि निमन्त्रणा

पुरा पढ्नुहोस्
२४ असोज
२०७९

मेडिकल (सर्जिकल) सामाग्री आपुर्तिका लागि सिलवन्दी दरभाउपत्र आव्हनको सुचना

पुरा पढ्नुहोस्
२३ असोज
२०७९

ल्याबरोटरी सामान खरिदको लागि सिलवन्दी दरभाउपत्र आब्हानको सूचना

पुरा पढ्नुहोस्
२३ असोज
२०७९

नि:शुल्क ‌औषधी तथा औषधी जन्य सामाग्री आपुर्तिका लागि सिलवन्दी दरभाउपत्र आव्हनको सुचना

पुरा पढ्नुहोस्
०५ असोज
२०७९

छपाई तथा कार्यालय सञ्चालनका सामानहरु खरिदको लागि बोलपत्र आह्वान सम्बन्धि सूचना

पुरा पढ्नुहोस्
३० भदौ
२०७९

सरसफाई जनशक्ति सेवा करारमा लिने बोलपत्र आह्वान सम्बन्धि सूचना

पुरा पढ्नुहोस्