बारम्बार सोधिने प्रश्नहरू

बहु औषधि उपचार पद्दति सुरु गरेपछि विरामी चाढैनै गैर–संक्रामक हुछ ।

प्रारम्भिक पहिचानको लागि नजिकको सम्पर्कमा आएका व्यक्तिको जाँच गर्नु पर्दछ ।

यो आनुवंशिक नभई संक्रामक रोग हो ।

केहि छाला रोगहरु संक्रामक छन् जस्तै लुतो, फंगल संक्मण जबकी अन्य जस्तै सोरीयासिस हदैनन् ।

सुख्खा छाला चिसो मौसम बाराम्बार छाला धुने, रसायनको सम्पर्क आदि ।

केहि रोग निको हुन्छन्र जस्तै: फङल, लुतो आदि र केहि पुरानो तर नियन्त्रण योग्य हुन्छन। जस्तै: सोरीयासिस, एक्जिमा आदि।

हो, त्यो सही हो। सिफिलिसबाट संक्रमित र सफलतापूर्वक उपचार गरीएका व्यक्तिहरुको लागि TPHA परिक्षण सामान्य तया जीवनभर पोजेटीभ रहन्छ।

यी पूर्ण रूपमा एउटै होइनन्, यद्यपि आपसमा सम्बन्धित छन्। मुख्य भिन्नताहरू उपचारयोग्यता, शरीरमा पर्ने प्रभाव तथा दीर्घकालीन असरमा रहेका छन्। सबै एच.आई.भि यौन रोग हुन् भने सबै यौन रोग एच आई भि होइन ।

तपाई यौन रोगको उपचार पछि बच्चा जन्माउने योजना बनाउन सक्नु हुन्छ । तर समय र केही सावधानीहरु महत्वपूर्ण छन्। जस्तै पूर्ण उपचार पूरा भएको हुनुपर्छ, लक्षणहरु पूर्ण रुपमा निको भएको हुनु पर्छ, डाक्टरले संक्रमण निको भएको पुष्टि गरेको हुनुपर्छ।

हो, धेरैजसो केसहरुमा तपाईले यौन रोगको उपचार गरेपछि विदेश जान सक्नुहुन्छ । र पूर्ण उपचार पश्चात यस अस्पतालले सिफारीस पत्र प्रदान गर्दछ । तर विदेश जानु अघि आफु जाने कन्सल्टयान्सी वा मेनपावर संस्थासँग परामर्शका साथै केही व्यवहारीक जाँच गर्नु महत्वपूर्ण हुन्छ ।

हो, कुनै पनि संकेत र लक्षण बिना यौन रोग हुन सम्भव छ। वास्तवमा क्लेडिया, गोनोरीया, हर्पेस एच.आई.भि, एच.पि.भि आदि लगायत धेरै यौन रोगहरु हप्ता, महिना वा वर्षौसम्म पनि लषण विहिन हुन सक्छन। यसलाई ‘मौन संक्रमण‘ भनिन्छ।

उपचारको शुरुवाति चरणमा लक्षण हराए जस्तो लागे पनि पूर्ण रपमा निको नभएको हुन सक्छ र पार्टनरलाई सरेर फेरी संक्रमण हुन सक्छ भने औषधि कोर्स पुरा भएपछि, लक्षणहरु पूर्ण रुपमा हराए पछि,पार्टनरले उपचार पूरा गरी सकेपछि र डाक्टर ÷ स्वास्थ्यकर्मीले सुरक्षित भने पछि सहि तरीकाले कण्डमको प्रयोग गरेर यौन सम्पर्क गर्नुहोस साथै घाँउ, फोका वा असमान्य श्राव भएको अवस्थामा यौन सम्पर्क नराख्नुहोस ।