बिहिबार १५, चैत्र २०८० | 09:10:14 PM

/

नेपाली

बारेमा

1990 सालमा डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत हाल रोप–वे टर्मिनल रहेको टेकू स्थित पाटिमा कलेरा अस्पतालको स्थापना भएको । 2007 सालमा हाल अस्पताल रहेको स्थानमा पुरानो पाटी बाट नयाँ भवनमा सरेको । 2019 सालमा सरुवा रोग यूनिट नामाकरण गरि वीर अस्पताल अन्तर्गत रहेको र त्यसै वर्ष अस्पतालको रिनोभेशन पनि भएको । 2034 सालमा सरुवा रोग अस्पताल नामाकरण भई वीर अस्पतालबाट छुट्याई बेग्लै अस्पतालको रुपमा संचालन भएको । 2037 सालमा यस अस्पताल अन्तर्गत ग्याष्ट्रो इन्टरलोजी यूनिट संचालन गरेको ।  2042 साल देखि सरुवा रोग अस्पतालको नामबाट टेकू अस्पतालमा परिणत भएको । 2050 श्रावण 1 गते पुनः सरुवा रोग अस्पताल नामाकरण गरि केन्द्रिय कुष्ठरोग क्लिनिक तथा एन्टीरेविज क्लिनिक यस अस्पतालमा समावेश भएको । टेकु अस्पताल विकास समिति गठन 2049 अनुसार 2053 साल जेष्ठ 29 गते देखि टेकु अस्पताल विकास समितिमा परिणत भएको । 2053 साल माघ 11 गते देखि टेकु अस्पतालको नाम रुपान्तर भै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिणत भएको । 2054 मार्ग 30 गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार केन्द्रिय कुष्ठरोग क्लिनिक शुक्रराज ट्रपिकल तथा सरुवा  रोग अस्पतालबाट छुट्याई कुष्ठरोग नियन्त्रण महाशाखामा राखिएको  थियो । हाल यस अस्पताल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहने गरी 100 शैय्याको ट्रपिकल तथा सरुवा रोगहरुको रिफरल अस्पतालको रुपमा संचालनमा रहेको छ ।

Emergency and Inpatient

24 hour service available

Emergency Hotline

+९७७-१-५३५३३९५, ९७७-१-५३५३३९६

OPD Schedule

Sunday-Friday

संगठनात्मक संरचना

/
Preview

बोर्डबाट सन्देश

image

DR.YUBANIDHI BASAULA

Director

हाम्रा सेवाहरू

सूचना पाटी

समाचार

बोलपत्रहरू

आशयको सूचना

No data