शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तर्फबाट सम्पूर्ण सेवाग्राही, आगन्तुक तथा शुभेच्छुकहरूमा हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्दछु।
हाम्रो अस्पतालले नेपालमा ट्रपिकल तथा सरुवा रोगहरूको रोकथाम, निदान तथा उपचारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको गौरवशाली इतिहास बोकेको छ। हामी गुणस्तरीय, सुलभ तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छौं। समर्पित जनशक्ति, आधुनिक प्रविधि तथा सेवा सुधारको निरन्तर प्रयासमार्फत हामी सेवाग्राहीहरूलाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दिशामा अग्रसर छौं। सेवामा सहानुभूति, व्यावसायिकता र उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै हामी उत्कृष्ट उपचार सेवा प्रदान गर्न निरन्तर लागिरहेका छौं। हाम्रो दीर्घकालीन लक्ष्य यस अस्पताललाई ३०० शैय्याको केन्द्रीय स्तरको ट्रपिकल तथा सरुवा रोग सम्बन्धी विशेषज्ञ अस्पताल का रूपमा विकास गर्नु रहेको छ। हामी विश्वास गर्छौं कि स्वास्थ्य सेवामा विश्वास, पारदर्शिता र उत्तरदायित्व अत्यन्त महत्वपूर्ण हुन्छन्। त्यसैले हामी आफ्ना सम्पूर्ण सेवाहरूमा उच्च स्तरको गुणस्तर कायम राख्न प्रतिबद्ध छौं। अन्त्यमा, यस अस्पतालको प्रगति तथा सेवामा निरन्तर सहयोग पुर्याउने सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।