रेबिजविरुद्धको खोप सेवा (Anti-Rabies Vaccine Service)
नेपालको ट्रपिकल तथा सरुवा रोगसम्बन्धी केन्द्रीय विशेषज्ञ अस्पताल का रूपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरको टोकाइ, बिरालोको कोटाइ वा टोकाइ, बाँदरको टोकाइ तथा अन्य रेबिजको जोखिम भएका जनावरसँगको सम्पर्क (Animal Exposure) पछि आवश्यक २४सै घण्टा रेबिजविरुद्धको खोप (Anti-Rabies Vaccine - ARV) सेवा उपलब्ध छ।
हाम्रा अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीद्वारा घाउको तत्काल मूल्याङ्कन तथा उचित उपचार (Wound Assessment and Management), रेबिजविरुद्धको खोप (ARV), आवश्यक परेमा रेबिज इम्युनोग्लोबुलिन (Rabies Immunoglobulin - RIG), विशेषज्ञ चिकित्सकीय परामर्श तथा रेबिज रोकथामका लागि आवश्यक सम्पूर्ण Post-Exposure Prophylaxis (PEP) सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रदान गरिन्छ, जसले समयमै प्रभावकारी रूपमा रेबिजबाट सुरक्षा सुनिश्चित गर्दछ।
🕒 सेवा उपलब्धता: २४ घण्टा, हप्ताको ७ दिन (२४/७)