स्वास्थ्य परीक्षण सेवा (Health Check-up Services)
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट रोजगारी, शैक्षिक अध्ययन, वैदेशिक भ्रमण, आप्रवासन (Immigration) तथा नियमित स्वास्थ्य परीक्षण लगायत विभिन्न प्रयोजनका लागि आवश्यक सम्पूर्ण तथा भरपर्दो स्वास्थ्य परीक्षण सेवा प्रदान गरिन्छ।
हाम्रा सेवाहरूमा शारीरिक स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण (Laboratory Investigations), रेडियोलोजी सेवा, आवश्यक खोप सेवा तथा विशेषज्ञ चिकित्सकबाट परामर्श समावेश छन्। अनुभवी स्वास्थ्यकर्मी तथा आधुनिक निदानात्मक सुविधामार्फत हामी सही, छिटो, भरपर्दो तथा गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा प्रदान गर्न प्रतिबद्ध छौं।
🕒 सेवा समय: सोमबार देखि शुक्रबार | बिहान ९:०० बजे देखि साँझ ५:०० बजेसम्म (सार्वजनिक बिदा बाहेक)