सामाजिक सेवा एकाइ (स्थापना तथा सञ्चालन) निर्देशिका, २०७८ (परिमार्जन, २०७९) बमोजि यस अस्पतालले तपसिल बमोजिमको लक्षित वर्गहरुलाई नि:शुल्क सेवा दिदै आएको छ।

क) गरिब

ख) असहाय

ग) अपाङ्गता भएका व्यक्ति (परिचयपत्रबाहक)

घ) जेष्ठ नागरिक (परिचयपत्रबाहक)

ङ) लैङ्गिक हिंसा पीडित (बालबालिकासमेत)

च) गरिब तथा विपन्न आकस्मिक बिरामी

छ) विपद् एंव प्राकृतिक प्रकोष (महामारी, भूकम्प, बाढी, पहिरो, आगलागी आदि) बाट पीडित

ज) सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाति

झ) महिला स्वासथ्य स्वयंसेविका (परिचयबाहक)

ञ) कुपोषित बालबालिका

ट) प्रहरीले ल्याएका थुनुवा बिरामी

ठ) शहीद परिवार (परिचयपत्रबाहक)

ड) स्थानीयका आधारमा थप गर्नुपर्ने लक्षित सहूह भए उल्लेख गर्ने